वा, क्या मिलेको कम्बिनेसन!





माथिको तस्बिर ध्यानपूर्वक हेर्नुस् त! सबै चिरपरिचित र चर्चित नेता छन्। नेपाली कांग्रेसका सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल। विरलैमात्र एउटै मञ्चमा उपस्थित हुने यी तीन नेताले पार्टीलाई तीनतिर तानिरहेका छन्, जसको कारण कांग्रेस गतिहीन छ। कुनै वस्तुलाई तीनतिरबाट तानातान गर्‍यो भने त्यो वस्तु कतै पनि डेग चल्दैन। कांग्रेस अहिले त्यही हालतमा छ। ९९ औँ विपी जयन्तीको अवसरमा नेपाल सांस्कृतिक संघले आयोजना गरेको कार्यक्रममा यी नेता यसरी उपस्थित भएका हुन्। कार्यक्रम उद्घाटनको नयाँ शैली भन्दै आयोजकले नेताहरूको अगाडि परम्परागत नेपाली बाजा ल्याएर राखिदिए र तीनजना नेताले यी बजा बजाएर कार्यक्रम उद्‍घान गर्न आयोजकले आग्रह गरे। त्यसपछि सभापति सुशीलले सारंगी, शेरबहादुरले मादल र रामचन्द्र पौडेलले खैँजडी उठाए र सुर नमिलेको धुन निकाले। 
पात्रअनुसारको बाजा हात परेको देखेर सहभागी मुसुमुसु हाँसिरहेका थिए। सुशीलले हत्केलामाथि राखेर रेट्दै गरेको सारंगी विरहका गीत गाउँदा निकै सुहाउने बाजा हो भने मादल जो कोहीले यसो ट्राई गरौँ न त भनेर बजाउने बाजा। खैँजडीको पाण्डित्यपूर्ण महत्व छँदै छ। सुशील पार्टीलाई हाँक्न नसकेर अहिले विरह गाइरहेका छन्। उनी लोकतन्त्र, प्रजातन्त्र, मेलमिलाप भन्छन् तर काम चाहिँ त्यो अनुरूप गर्न सकिरहेका छैनन्। वरिष्ठ नेता शेरबहादुर देउवा जतिखेर पनि ट्राई गर्ने मुडमा हुन्छन्। उनी अहिले संविधानसभा पुनर्स्थापना हुनुपर्छ भनिरहेका छन्। तर, कसैले निर्वाचनमा जानुपर्छ भन्यो भने त्यसमा पनि हो भन्छन्। नेताले कुनै पनि इस्यूमा स्पष्ट अडान लिन नसक्दा त्यसबाट परिणाम निस्कन सक्दैन भन्ने कुरा बुझेर पनि उनी बुझ पचाइरहेका छन्। पण्डित रामचन्द्र पौडेलको त के कुरा भयो र? उनी खैँजडीको तालमा जति फन्का पनि नाच्न सक्छन्

No comments:

Post a Comment