‘संविधान जारी गरे कांग्रेसलाई सरकारको नेतृत्व’







माओवादी अध्यक्ष प्रचण्डले संविधानसभा पुनर्स्थापनामा जोड दिंदै आएका छन्।
संवैधानिक विषयमा भइ सकेका सहमतिहरुको आधारमा संविधान जारी गर्न तयार भए नेपाली कांग्रेस नेतृत्वको चुनावी सरकार आफुहरुलाई स्वीकार्य हुने एकीकृत माओवादीका एक नेताले बताएका छन्।
अध्यक्ष निकट मानिने पार्टी प्रवक्ता अग्नि सापकोटाले अध्यक्ष प्रचण्डले यस अघि सो प्रस्ताव गर्दा विपक्षी दलहरु सकारात्मक भएको र सो प्रस्ताव सहमतिको लागि मिलनबिन्दु हुन सक्ने बताए।
प्रचण्डले कार्तिकभित्र राजनीतिक गतिरोध अन्त्य गर्न मिलेका विषय सम्मिलित गरेर नयाँ संविधान जारी गर्ने आफनो पुरानो प्रस्ताव अन्य दल समक्ष पुन: राख्ने तयारी गरेको पार्टी प्रवक्ता अग्नि सापकोटाले बताए।
सापकोटाले संविधानको मिलेका विषयहरुको आधारमा नयाँ संविधान जारी हुने अवस्था आए सरकार नेपाली कांग्रेसलाई दिन सकिने समेत उल्लेख गरे।
सापकोटाले भने, “अहिलेसम्म प्राप्त गरेका उपलब्धिको आधारमा संविधान घोषणा गर्ने स्थितिमा त हामी कांग्रेसलाई सहजरुपमा नेतृत्व दिन तयार छौं।”
प्रस्ताव
संविधानसभा विघटन हुनु अघि मुख्य विपक्षी दलहरु कांग्रेस र नेकपा एमालेबाट यस्तै प्रस्ताव आएको थियो।
"अहिलेसम्म प्राप्त गरेका उपलब्धिको आधारमा संविधान घोषणा गर्ने स्थितिमा त हामी कांग्रेसलाई सहजरुपमा नेतृत्व दिन तयार छौं"
अग्नि सापकोटा, एकीकृत माओवादी प्रवक्ता
प्रचण्ड बेल्जियम जानु अघि सो प्रस्ताव विपक्षी समक्ष राख्दा सकरात्मक प्रतिकृया आएको सापकोटाले जनाए।
उनले भने, “अध्यक्ष प्रचण्ड बेल्जियम जानु अघि करीब करीब नेताहरु सहमतिमा पुगेका थिए।”
सबैले जित्ने खालको स्थिति हुंदा पनि ठोस सहमति नहुनुमा पार्टीहरुको कमजोर नेतृत्व जिम्मेवार रहेको सापकोटाले बताए।
कार्तिक मसान्तसम्म सहमति नजुटे बजेटको अभावमा देश झन संकटमा फस्ने सबै दलहरुको बुझाइ रहेको हुंदा प्रचण्डले अग्रसरता लिए ठोस सहमति जुट्न सक्ने कतिपयको अनुमान छ।

No comments:

Post a Comment