ओबामालाई मनपर्ने नेपाली परिकार

Michelle-Obama



३० चैत, काठमाण्डौं । जब अमेरिकी प्रथम महिला मिसेल ओबामा नेपाली फेसन डिजाइनर प्रबल गुरुङको पहिरनमा सजिइ्न, तब विश्व फेसन जगत नै यी युवकको असाधारण प्रतिभाप्रति नतमस्तक बन्यो । तर मिसेल पहिरनमा मात्र होइन, खानेकुरामा पनि नेपाली मनकै खोजी गर्दिरहिछन् । अभिनेश राणा त्यस्ता मेहनती र भाग्यमानी युवक हुन्, जसले मिसेललाई दक्षिणएसियाली खानाको पारखी बनाए ।
ग्राहकमाझ नासका नामले बोलाइने ३२ बर्षका अभिनेश वासिङ्टन डिसीका चर्चित तीन रेस्टुरेन्ट सेई, ओया र स्याक्सका कलिनरी (पाकशिक्षा) का निर्देशक हुन् । पटकपटक सेई रेस्टुरेन्ट पुगेकी मिसेलले सन् २०१० मा ह्वाइट हाउसले दिएको खिस्टमस पार्टीमा खानेकुरा तयार गर्ने जिम्म अभिनशको टिमलाई दिएकी थिइन् । अभिनेशको दक्षिणएसियाली फ्लेभर मेनु मिसेलका लागि पि्रय बनेको छ ।
अभिनेश तीनवटै रेस्टुरेन्टमा नुनतेलदेखि नाफाघाटासम्म हेर्छन् । सेई रेस्टुरेन्टले ह्वाइट हाउसमा समेत सेवा दिँदै आएको छ । सेईमा हलिउड स्टारदेखि अन्ना कोर्निकोभासम्मलाई अभिनेशले भेटेका छन् । उनीसम्बद्ध ओया रेस्टुरेन्टले अमेरिकी पूर्वराष्ट्रपति जर्ज डब्लू बसको दोस्रो कार्यकालको उद्घाटन समारोहमा खानपिनको जिम्मा लिएको खबर अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
उनै अभिनेश बुधबार राति दरबारमार्गको कोतो रेस्टुरेन्टमा भेटिए । १२ बर्षपछि नेपाल आएका उनी नेपाली हातको जापानी परिकार चाखिरहेका थिए । काठमाण्डौंको थापाथली स्थायी घर भएका अभिनेश १५ बर्षकै उमेरमा सन् १९९८ मा अमेरिका पसेरका थिए ।

No comments:

Post a Comment