१२ दलका ३० उम्मेदवार, ४ बागी १ स्वतन्त्र,बाबुविरुद्व छोराको बागी उम्मेदवार


            मंसिर ४ गते हुने संविधानसभा निर्वाचनका लागि बागलुङमा १२ दलका ३० र ४ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसले क्षेत्र नं. १ बाट हरिबहादुर खड्कालाई उम्मेदवार तोकेपनि असन्तुष्ट मणीभद्र कँडेलले खड्काविरुद्व बागी उम्मेदवारी दर्ता गराएर चुनौति दिएका छन् । यसअघिको संविधानभसाको चुनावमा क्षेत्र नं. २ बाट चुनावी मैदानमा उत्रिएका कँडेल उपविजेता बनेका थिए ।
यता, टिकट नपाएपछि असन्तुष्ट बनेकाहरु एमालेको उम्मेदवारी दर्ता प्रक्रियामा समेत अनुपस्थित भएर मौन विरोधको संकेत गरेका छन् । टिकटको रेसमा रहेका ऋषिराम शर्मा र टिकट पाएको एक घण्टामै गुमाउन पुगेकी मनकुमारी केसी पक्षधर नेता तथा कार्यकर्ताहरु उम्मेदवार मनोनयन दर्ता गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा देखिएनन् ।
सबैभन्दा पहिलो उम्मेदवारी दर्ता गर्न गएको संघीय समाजवादी पार्टीले दर्ता प्रक्रियाबारे मेसो नपाउँदा क्षेत्र नं. २ को उम्मेदवारी दर्ता ढिलो हुन पुग्यो । ठूला पार्टीमा उम्देवारको होड चलेपनि मध्यान्हमा उम्मेदवारी दर्ता गर्न पुगेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई केही समय क्षेत्र नं. ३ बाट कस्लाई उम्मेदवार बनाउने भन्ने खडेरी प¥यो । पछि विवादका बीच क्षेत्र नं. ३ को पनि उम्मेदवारी दर्ता ग¥यो तर उम्मेदवारी दर्ता गराएका जितबहादुर कुँवरका छोरी दिपक कुँवर क्षेत्रीले बागी उम्मेदवारी दर्ता गराएर बाबुलाई छोराले चुनौति दिएका छन् ।
यस्तै, राप्रपा नेपालका पुर्वअध्यक्ष कृष्णराज शर्मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । शर्माको प्रस्तावकमा अनुजप्रसाद श्रेष्ठ र समर्थकमा डिल्लीप्रसाद आचार्य रहेका छन् । यता, जनवादी युवक संघका केन्द्रिय महासचिव तेजबहादुर थापा, राजमोका उपाध्यक्ष वेदीलाल सापकोटा र कोषाध्यक्ष गौरीश्वर पाण्डेले बागी उम्मेदवारी दिएका छन् । थापाका प्रस्तावक गंगा थापा, समर्थक कृष्णबहादुर पुा, सापकोटाका प्रस्तावक दुर्गादत्त शर्मा, समर्थक बुद्विबहादुर थापा र पाण्डेको प्रस्तावक तिलक पुन र समर्थक खगेन्द्र श्रीस रहेका छन् ।
एकैसाथ उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका संघीयता विरोधी राष्ट्रिय जनमोर्चा र संघीयताको पक्षधर एमाओवादीबीच नाराबाजीमै दोहोरी चल्यो । दुई फरक एजेण्डा बोकेका पार्टी बीचको दोहोरीले सुरक्षार्थ खटिएका प्रहरीलाई हम्मे परेको थियो । ठूला पार्टीले बाजागाजा, साँस्कृतिक झाकी र चर्का नाराबाजी सहित उम्मेदवारी दर्ता गरेपनि साना पार्टीले भने बिना तामझाम उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।
बागलुङमा गठन नै नभएको नेपाल मजदुर किसान पार्टीको तर्फबाट क्षेत्र नं. २ बाट अर्जेवाका लक्ष्मीराम थापाले उम्मेदवारी दर्ता गराएका छन् । प्राकृतिक शक्तिको नाम लिदै कहिले प्रशासनमा एकल धर्ना त कहिले वक्तव्यबाजी गर्दै आएका सुखौराका लोकवीर परियारले नेपाल जनता दलको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् ।
एमाओवादीका तर्फबाट क्षेत्र नं. १ बाट कृष्ण केसी, २ बाट लिलाबहादुर थापा र ३ बाट तुलसीराम अर्यालले उम्मेदवारी दर्ता गराएका छन् । केसीको प्रस्तावकमा यज्ञबल्लभ शर्मा र समर्थकमा प्रकाश घर्ति मगर रहेका छन् । एमाओवादीबाट क्षेत्र नं. २ मा चुनावी मैदानमा उत्रिएका थापाले यसअघिको चुनावमा एमालेको साथ पाएपनि तेस्रो भएका थियो ।
यस्तै, एमालेका तर्फबाट क्षेत्र नं. १ बाट हिराबहादुर केसी, २ बाट डा. सूर्य पाठक र ३ बाट शान्ति अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । केसीको प्रस्तावकमा विष्णुप्रसाद भण्डारी, समर्थकमा रामजीप्रसाद शर्मा, पाठकको प्रस्तावकमा होमनाथ सापकोटा र समर्थकमा सालिकराम शर्मा, अधिकारीको प्रस्तावकमा विष्णु भूसाल तथा समर्थकमा दलबहादुर घर्ति रहेका छन् ।
कांग्रेस क्षेत्र नं. १ बाट हरिबहादुर खड्का, २ बाट प्रकाश पौडेल र ३ बाट ज्ञानकुमारी छन्त्यालले उम्मेदवारी दर्ता गराएका छन् । खड्काका प्रस्तावक र समर्थकमा दिपेन्द्रबहादुर थापा तथा जगदिशचन्द्र उपाध्याय, पौडेललको प्रस्तावक र समर्थकमा क्रमशः नवराज पौडेल तथा ओमकार थापा, छन्त्यालको प्रस्तावकमा नरबहादुर पुन र समर्थकमा नरबहादुर पुन र तारानाथ पौडेल रहेका छन् ।
राष्ट्रिय जनमोर्चाबाट निर्वाचन क्षेत्र नं. १ बाट तिर्थसिंह थापा, २ बाट राजेन्द्र ढुंगाना र ३ बाट धर्मबहादुर कुँवरले उम्मेदवारी दर्ता गराएका छन् । थापाको प्रस्तावकमा लक्ष्मी बास्कोटा, समर्थकमा अर्जुनबहादुर केसी, ढुंगानाका प्रस्तावकमा कृष्णप्रसाद शर्मा अधिकारी र समर्थकमा कृष्ण थापा, कुँवरको प्रस्तावकमा मेघबहादुर पाइजा र कृष्ण थापा रहेका छन् ।
यसैगरी, संघीय समाजवादी पार्टीको तर्फबाट क्षेत्र नं. १ बाट यामबहादुर घर्ति मगर, २ बाट हिमाल पुन र ३ बाट दलबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । मगरको प्रस्तावकमा यामबहादुर चर्मकार, समर्थकमा बसन्त थापा, पुनको प्रस्तावक ओमप्रकाश पुन, समर्थकमा वीरबहादुर दर्जी, र खड्काको समर्थकमा कृष्ण धिताल तथा समर्थकमा ओमबहादुर विश्वकर्मा रहेका छन् ।
यस्तै, नेपाल परिवार दलको तर्फबाट क्षेत्र नं. १ बाट गंगा चापागाई पौडेल, क्षेत्र नं. २ बाट निलप्रसाद आचार्य र क्षेत्र नं. ३ बाट कलाधर शर्माले उम्मेदवारी दर्ता गरेका छन् । चापागाईको प्रस्तावकमा हेमराज चापागाई, समर्थकमा प्रेम छन्त्याल, आचार्यको प्रस्तावकमा यशोदा तिमिल्सिना, समर्थकमा निर्मला आचार्य, शर्माको प्रस्तावकमा टिकामाया पाईजा र समर्थकमा भीमा पाइजा रहेका छन् ।
नेमकिपाका उम्मेदवार थापाको प्रस्तावकमा हेमबहादुर थापा र समर्थकमा लेखबहादुर थापा रहेका छन् । भने, अखण्ड नेपाल पार्टीको तर्फबाट क्षेत्र नं. १ बाट बद्रीबहादुर केसी र २ बाट कृष्णबहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन् । केसीको प्रस्तावकमा बाबुराज कार्की, समर्थकमा भीमबहादुर खत्री, शाहीको प्रस्तावकमा राधिका केसी र समर्थकमा टंकबम मल्लले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट क्षेत्र नं. १ बाट टिकाराम सापकोटा, २ बाट ललितबहादुर खत्री क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन् । सापकोटाको प्रस्तावकमा शेलेन्द्र श्रेष्ठ, समर्थकमा सुनिल श्रेष्ठ, क्षेत्रीको प्रस्तावकमा फर्सेबहादुर थापा र समर्थकमा रमेश केसी रहेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको तर्फबाट क्षेत्र नं. १ बाट इन्द्रराज पन्त, २ बाट नारायण शर्मा र ३ बाट कृष्णकुमारी घर्तिले उम्मेदवारी दिएका छन् । पन्तको प्रस्तावकमा रविप्रसाद शर्मा, समर्थकमा नवीन शेरवुजा, शर्माको प्रस्तावकमा बलबहादुर ढकाल, समर्थकमा डिल्लीप्रसाद शर्मा र घर्तिको प्रस्तावकमा लोकेन्द्र घर्ति तथा समर्थकमा जालबहादुर घर्ति रहेका छन् ।
यसैगरी, नेकपा मालेको तर्फबाट क्षेत्र नं. १ बाट शिवकला थापा, २ बाट इन्द्रराज शर्मा र ३ बाट वीरबहादुर खत्रीले उम्मेदवारी दर्ता गराएका छन् । थापाको प्रस्तावकमा कुलबहादुर किसान, समर्थक कमलबहादुर खड्का, शर्माको प्रस्तावकमा चन्द्रबहादुर क्षेत्री, समर्थकमा वीरबहादुर क्षेत्री र खत्रीको प्रस्तावकमा पुर्णिमा पुन तथा समर्थकमा पुर्णबहादुर शेरचन रहेका छन् ।
यसैगरी, राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट क्षेत्री नं. १ बाट नानीमाया पुन, २ बाट ओमबहादुर श्रीस मगर र ३ बाट चित्रबहादुर अर्गेजाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पुनको समर्थकमा कुमार काउचा, समर्थकमा हिराबहादुर थापा मगर, मगरको प्रस्तावकमा दुर्गा थापा, समर्थकमा लिलबहादुर श्रीस र अर्गेजाको प्रस्तावकमा टेकमाया घर्ति तथा समर्थकमा लिलमति घर्ति रहेका छन् ।

No comments:

Post a Comment