उमेद्वार चित्त नबुझेपछि एमाले अध्यक्षलाई कार्यकर्ताले कुटे



सिन्धुली, असोज १७ गते – सिन्धुली क्षेत्र नं. २ मा प्रत्यक्षतर्फको उम्मेद्वार चयनको विषयलाई लिएर नेकपा एमालेका कार्यकर्ताले आफ्नै पार्टीका जिल्ला अध्यक्ष प्रदीप कटुवालमाथि हातपात गरेका छन् ।
केन्द्रले तय गरेको उम्मेद्वार खड्ग खत्रीलाई अन्तिम समयमा हटाएर अर्कैलाई उमेद्वारी दिलाएको भन्दै खत्री समर्थकले कटुवालमाथि हातपात गरेको एमालेले जनाएको छ ।
एमालेले क्षेत्र नंबर २ मा उमा कोइरालालाई टिकट दिएको छ । जनाधार राम्रो भएका नेता खत्रीलाई पार्टीले सिफारिस नगरेको भन्दै आक्रोशित कार्यकर्ताले अध्यक्ष कटुवालमाथि हातपात गरेका एमाले नेता चुडामणि श्रेष्ठले जानकारी दिनुभयो । उनीहरुले पार्टी कार्यालयमा तोडफोड समेत गरेका छन् ।
विवाद बढेपछि पार्टीको सिफारिसमा परेकी कोइरालाले बिहान १० बजे एक्लै गएर निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो मनोनयन दर्ता गराउनुभएको थियो ।

No comments:

Post a Comment