राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री बाबुराम भट्टराईले तत्काल राजीनामा दिएर मुलुकको संकटकालीन अवस्थालाई निकास दिनुपर्ने धारणा राखिन् । 'संविधानसभा विघटन भएको वेला यो असंवैधानिक काम चलाउ सरकार हो असंवैधानिक सरकारले गरेको काम वैधानिक हुन सक्दैन,' उनले भनिन् ।
पार्टीको कार्यसम्पादन समितिको गत १३ र १४ गते राजधानीमा बसेको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै अध्यक्ष गिरीले मुलुकको विग्रदो अवस्थालाई समाधान गर्न राजनीतिक दलहरुबीचको सहमतिमा अन्तरिम संविधान २०६३ लाई पुनर्जिवित गरी वैधानिक सरकारको गठनका लागि अगाडि बढ्नु पर्ने भन्दै त्यसका लागि पनि प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने जिकिर गरिन् ।
No comments:
Post a Comment