यस संस्थाले सन् २००४ देखिनै एचआइभी/एड्स सङ्क्रमितहरुलाई प्रारम्भिकदेखि विशेषज्ञ सेवा तथा उपचार प्रदान गरेको बताइएको छ। ती जिल्लाहरूहरूमा रहेका २ हजार ३०२ जनाको रक्त परीक्षण गर्दा लागुऔषधको प्रयोगकर्ता तथा समलिङ्गीहरू गरी ४३ जनामा एचआइभी पोजेटिभ र एक हजार २४ जनामा यौनरोग पाइएको थियो।
कारागार व्यवस्थापन विभागका निर्देशक ज्ञानप्रसाद ढकालले कारागारमा बन्दीको अत्यधिक चाप रहेको तथ्यलाई ध्यानमा राखी नुवाकोटमा पाँच हजार बन्दी राख्ने क्षमताको खुला कारागार निर्माण गर्न गृह मन्त्रालयमा प्रस्ताव पठाइएको जानकारी दिए।
संस्थाका कार्यकारी निर्देशक ऋषिराज ओझाले जनस्वास्थ्य विभागबाट केही स्वास्थ्यकर्मी कारागारमा खटाइएको भए पनि सो सेवा प्रभावकारी हुन नसकेको कुरा बताउनु भएको छ ।
No comments:
Post a Comment