आर्थिक हिसावको छानविनको माग गर्दै पूर्व लडाकुहरुले बुधबार सातौं विस्तारित बैठकमा अवरोध पुर्याएपछि बिहीबार बिहान अध्यक्ष पुष्पकमल दाहालको निवासमा स्थायी समिति बैठक बसेको थियो ।
आयोगमा राखिने सदस्यको नाम टुङ्गो लगाउने जिम्मा पदाधिकारीलाई दिइएको छ । माओवादी लडाकुका तत्कालीन ७ मुख्य र २१ सहायक शिविरका कमान्डरले प्रति लडाकु १ हजारका दरले उठाउने, रासन र भत्तावापतको रकम अनियमितता गरेको आरोप छ । यसैबीच, बिहान ११ बस्ने सुरु हुने भनिएको विस्तारित बैठक स्थायी समितिको बैठकले गर्दा दिउसो ३ बजेसम्मका लागि सारिएको छ ।
No comments:
Post a Comment