दैलेख,माघ ६ । सरकार विरुद्ध आन्दोलनको उद्घोष गरेका कांग्रेस–एमालेसहितका विपक्षी दलहरुले शनिवार दैलेखबाट आन्दोलनको शुरुवात गर्दैछन् । पत्रकार डेकेन्द्रराज थापाको हत्याको विरोधमा दैलेखको सदरमुकाममा विरोधसभा गरी दलहरुले सडक आन्दोलन सुरु गर्न लागेका हुन् । दुई महिनासम्म राष्ट्रपतिसँग पटके म्याद लिएर सत्ताघटकहरुसँग छलफल गर्दा पनि सहमतिमा बन्न नसकेपछि वर्तमान सरकारको विरुद्धमा विपक्षीहरु आन्दोलनमा उत्रिएका हुन् । विपक्षीहरुले माघ २६ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । दैलेख सदरमुकाममा हुने सभामा एमाले उपाध्यक्ष वामदेव गौतम, कांग्रेस नेता डा। रामशरण महतलगायत नेताले संबोधन गर्ने बताइएको छ ।
दैलेखबाट सरकार विरुद्ध आन्दोलनको उद्घोष
दैलेख,माघ ६ । सरकार विरुद्ध आन्दोलनको उद्घोष गरेका कांग्रेस–एमालेसहितका विपक्षी दलहरुले शनिवार दैलेखबाट आन्दोलनको शुरुवात गर्दैछन् । पत्रकार डेकेन्द्रराज थापाको हत्याको विरोधमा दैलेखको सदरमुकाममा विरोधसभा गरी दलहरुले सडक आन्दोलन सुरु गर्न लागेका हुन् । दुई महिनासम्म राष्ट्रपतिसँग पटके म्याद लिएर सत्ताघटकहरुसँग छलफल गर्दा पनि सहमतिमा बन्न नसकेपछि वर्तमान सरकारको विरुद्धमा विपक्षीहरु आन्दोलनमा उत्रिएका हुन् । विपक्षीहरुले माघ २६ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । दैलेख सदरमुकाममा हुने सभामा एमाले उपाध्यक्ष वामदेव गौतम, कांग्रेस नेता डा। रामशरण महतलगायत नेताले संबोधन गर्ने बताइएको छ ।
शान्ति सम्झौताका कागज च्यात्ने पुष्पकमल दाहालको चेतावनी
पोखरा, माघ ६ – एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौताबमोजिम दलहरु अघि नबढ्ने हो भने त्यसअन्तर्गत भएका सम्झौताका कागज च्यातिने चेतावनी दिएका छन् ।एमाओवादी कास्कीको पाँचौँ सम्मेलनको शनिबार उद्घाटन गर्दै अध्यक्ष दाहालले शान्ति प्रक्रियालाई असफल पार्न चाहने जाली फटाहा र सामन्ती शोषकले देशलाई बर्बादीतिर लान खोजेको आरोप लगाए ।उनले जनता र पार्टी एकताले मात्र ठूला परिवर्तनको सम्भव हुने धारणा राख्दै यही एकताले नै देशमा ठूला ठूला पविर्तन र क्रान्ति नयाँ ढङ्गले अघि बढ्ने विचार व्यक्त गरे । दाहालले भने, ‘हेटौंडामा हुने पार्टीको महाधिवेशनले परिवर्तनलाई संस्थागत व्यवस्थापन गर्र्दै क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने रणनीति तय गर्ने छ ।’फुटेर गएको नेकपा–माओवादीप्रति इङ्गित गर्दै उनले पार्टी विभाजनले प्रतिक्रियावादी र फटाहालाई हँसाएको बताए ।
एमाओवादी उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराईले द्वन्द्वकालका विषयलाई एक एक गरी टपक्क टिपेर विस्तृत शान्ति सम्झौता भाँड्ने काम भइरहेको बताए ।द्वन्द्वकालमा मान्छे मारिएका र बेपत्ता बनाइएका घटनाको छानबिन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग गठन हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री भट्टराईले कसैले जघन्य अपराध र मानवताविरुद्ध अक्षम्य अपराध गरेको रहेछ भने नियमकानुनअनुसार दण्डित गर्नुपर्ने धारणा राखे ।’केही व्यक्तिले केही मुद्दा षडयन्त्रमूलक ढङ्गले उचालेर केहीलाई विदेशमा गिरफ्तार गर्न लगाउने र केहीलाई देशभित्रै बढाइचढाई कारबाही गर्नखोजेका छन्,’ उनले भने, ‘सरकारले कहिल्यै दोषीलाई कारबाही गर्नहुन्न भनेको छैन ।’पार्टीका अर्का उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले तीन चार दिनभित्र राष्ट्रिय सहमति भयो भने मात्रै आगामी जेठ १५ गतेभित्र नयाँ संविधानसभाको निर्वाचन गर्न सम्भव भएको बताए
अभियुक्तले नजिक्याए दुई माओवादीलाई
माओवादी भन्छन्- प्रहरीले आतंक मच्यायो
प्रहरी भन्छ- चौकीमा खुम्चिन बाध्य छौ
पार्टी विभाजनपछि टाढिएका एमाओवादी र नेकपा-माओवादीलाई पत्रकार डेकेन्द्रराज थापा हत्याको अनुसन्धान प्रक्रियाले नजिक्याएको छ । दुबै पार्टी प्रहरीले आफ्ना कार्यकर्तालाई गाउुमा बस्न नसक्ने गरी आतंकित पारेको दाबी गर्छन । तर, प्रहरी उल्टै गाउुका चौकीमाथि माओवादीले आक्रमणको योजना बनाएको बताएको छ । माओवादीका नेता-कार्यकर्ताले अनुसन्धानमा संलग्न प्रहरी अधिकृतलाई धम्क्याएको प्रहरीको आरोप छ ।
'अनुसन्धानको नाममा घरमा सुतेका कार्यकर्तालाई नांगै ल्याइएको छ । गाउुमा आतंक फैलाइएको छ,' एमाओवादी दैलेख संयोजक कर्णबहादुर बस्नेतले भने, 'गाउुमा बस्ने स्थिति छैन ।' दैलेखमा दिनहुु प्रदर्शन हुन थालेपछि उनी जिल्ला कमिटीका केही नेताहरुसहित बाुकेको कोहलपुर झरेका थिए । आन्दोलन उत्तेजित हुुदैजाुदा प्रतिशोध र तनाव बढ्ने ठानेर यता आएको उनले बताए । उनी बुधबारमात्रै दैलेख फर्केका छन् । आफ्नो पार्टीबाट पत्रकारहरुलाई कुनै असुरक्षा नरहेको भन्दै बस्नेतले पत्रकार महासंघको मिसन टोलीलाई निर्धक्क हुन आग्रह गरे ।
उता राजधानीको भृकुटीमण्डपमा भईरहेको पार्टी अधिवेशनस्थलबाटै नेकपा-माओवादी दैलेख जिल्ला समितिले पत्रकार सम्मेलन गरी प्रहरीले नौमूले क्षेत्रमा आतंक फैलाएको र आफ्ना नेता-कार्यकर्ताहरु गाउुमा बस्न नसकेको दाबी गरेको छ । जिल्ला इन्चार्ज रामलाल विकले प्रहरी अनुसन्धानपछि आफ्ना कार्यकर्ता भुमिगत बस्नुपर्ने स्थिति आएको बताए । दुबै माओवादीहरु पाुचै अभियुक्तका पक्षमा उभिएका छन् । प्रहरीले लक्षीराम घर्ति, निरक घर्तिमगर, हरिलाल पुनमगर, जयबहादुर शाही र वीरबहादुर खत्रीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । तीमध्ये तीन जनाले साबिती बयानसमेत दिईसकेका छन् ।
जिल्ला प्रहरी भने हत्या अनुसन्धानमा दुबै माओवादीको विरोधले प्रहरी गाउु जान नसकेको बताउुछ । पत्रकारहरुलाई गाउु जाुदा प्रहरीलाई जानकारी गराउन भनिएको छ । 'पत्रकारको सुरक्षामा सदरमुकाममा समस्या छैन,' जिल्ला प्रहरी नायव उपरीक्षक शारदाप्रसाद चौधरीले भने, 'तर, बाहिर जाुदा सुरक्षाकर्मीलाई जानकारी दिएरमात्र जान भनेका छौ ।' दैलेखका १६ प्रहरी युनिट अहिले उच्च सुरक्षा सर्तकतामा रहेको उनले बताए ।
हत्या अभियुक्तहरु पक्राउ परेको भोलिपल्टै सुर्खेतबाट थप प्रहरी झिकाइएको छ । नौमुले इलाका प्रहरी कार्यालयमा माओवादीले आक्रमण गर्ने योजना बनाएपछि त्यहाु प्रहरी थपिएको छ ।
पक्राउ परेका चार अभियुक्त नौमूले इलाकाका माओवादी कार्यकर्ता हुन । माओवादीले द्वन्द्वकालमा ०५७ चैत २४ गते राती सोही इलाका प्रहरी कार्यालयमाथि आक्रमण गर्दा ३२ प्रहरीको ज्यान गएको थियो । 'गाउु परिषद् भेलामा प्रहरी टोली पठाउन सकिएको छैन,' प्रहरी निरीक्षक विनोद शर्माले भने, 'गाउुका झगडा मिलाउन जान सकिएको छैन । साुझपख हुने गस्ती पनि रोकेका छौ ।' जनशक्ति कम रहेकाले प्रहरी चौकीमा खुम्चिएको उनले बताए ।
आठ वर्षदेखि पीडित परिवारसंगै न्यायको लडाइ लडिरहेका स्थानीय पत्रकारहरु अनुसन्धान तथा अभियोजनमा सरकारी हस्तक्षेपबाट आक्रोशित छन् । सदरमुकाममा दिनहुुजसो विरोध प्रदर्शन भईरहेको छन् । ती प्रदर्शनमा नागरिक अगुवा, अधिकारकर्मी, स्थानीय ६ राजनीतिक दलका कार्यकर्ताहरु र सर्वसाधारणकोसहभागिता रहने गरेको छ ।
दण्डहिनताविरुद्ध आन्दोलनमा होमिएका सञ्चारकर्मीलाई माओवादी नेताहरुले मनोवैज्ञानिक रुपमा धम्क्याएको पत्रकार महासंघ दैलेखका अध्यक्ष पुस्कर थापाले बताए । 'प्रत्यक्ष-अप्रत्यक्ष धम्कीले तनावमा छु । त्यसैले १० दिनदेखि घर जान सकिरहेको छैन,' उनले भने । सदरमुकामस्थित एक होटलमा उनको बास छ ।
Subscribe to:
Posts (Atom)