वडादशैंको नवरात्रको अवसरमा आर्ट अफ लिभिङका गुरु शिवशंकरको कार्यक्रममा सहभागी हुन भारत गएका थापाले मोदीसँगको भेटको रहस्यका बारेमा विराटनगर विमानस्थलमा संचारकर्मीसँग शनिबार बताएका हुन् ।
मोदीसँग उनकै सरकारी निवासमा करिब एक घण्टा कुराकानी भएको थापाले बताए । मोदीले यस अघि पनि नेपाल हिन्दूराष्ट्र हुनु पर्ने अभिब्यक्ती दिदै आएका थिए । मोदीको हिन्दू राष्ट्रप्रतिको सद्भाव रहेको बताए पनि थापाले थप कुरा बताउन चाहेनन् ।
विश्वका एक अर्ब आठ करोड हिन्दूहरुको भावना नेपाल हिन्दू राष्ट्रकै रुपमा रहोस् भन्ने रहेको थापाको भनाई थियो । संविधान सभाको निर्वाचन नेपालाई हिन्दू राष्ट्र बनाउने अन्तिम अवसर भएकाले आफू प्रत्यक्ष चुनावमा नलडी देशभरि प्रचारमा जाने उनले बताए ।
जातीय आधारमा संघीयता र धर्म निरपेक्षताको विरोध गर्दै आएका थापाले यो निर्वाचनले नै हिन्दू राष्ट्र हुनु पर्छ भन्नेहरुको शक्तीलाई मजबुद बनाउने बताए । राजसंस्थाको पक्षमा राप्रपा नेपाल भएपनि २०६३ भन्दा अघि नर्फकने उल्लेख गर्दै राजसंस्थालाई संविधानमा सम्मान दिने कुरामा आफूहरु लागेको बताए ।
No comments:
Post a Comment