राष्ट्रपति र दाहाल दुवैले भने- भट्टराई


 
राष्ट्रपति रामवरण यादवले सबै दलहरू वर्तमान सरकारमै सहभागी भए 'सुनमा सुगन्ध हुने' बताएका छन् । 'सहमति भयो भने यही सरकारमा सबै प्रतिनिधि भए सुनमा सुगन्ध हुने थियो,' पोखरामा शनिबार एड्स सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति यादवले भने, 'यो सरकारमा नबसे भने अर्को सरकार बनाए पनि हुन्छ । तपाइर्ंहरू मिलेर आउनुहुन्छ भने वैशाखमा चुनाव हुन्छ ।'

 सरकारले वैशाखमा चुनाव गराउने घोषणा गरिसकेकाले सरकार र दलहरूबीच सहमति गराउन पहल भइरहेको उल्लेख गर्दै उनले आफ्नो काम राजनीतिक दलहरू र सरकारलाई मिलाई सहमति गराएर लैजाने भएको बताए ।

सहमति हुन नसक्दा मुलुकमा स्थिर राजनीति चाहनेहरू दुःखी भएको राष्ट्रिपतिले बताए । 'मलाई दुःख लागिरहेको छ, नेपाली जनता जो न्युट्रल छन्, तिनलाई दुःख लागेको छ,' उनले भने ।

राष्ट्रपति यादवले राजनीतिक स्थिरताबाट मात्रै आर्थिक, राजनीतिक, सामाजिक क्षेत्रको विकास हुने बताए । 'स्वर्ग बनाउन नसके पनि नर्क नबनाउ“m,' दलहरूलाई इंगित गर्दै उनले भने । 'राजनीतिक उतारचढाव र अस्थिरताले देश यो परिस्थितिमा पुगेको हो,' उनले भने, 'राजनीतिक स्थिरता नभएसम्म शासन, आर्थिक, सामाजिक अवस्था ठीक हुँदैन ।'

नेपालमा २००७ र ०४६ सालमा प्राप्त परिवर्तनकारी उपलब्धिलाई संस्थागत गर्न नसकिएको दुखेसो गर्दै उनले ०६२/६३ को शान्तिपूर्ण जनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नसकिएको भन्दै चिन्ता व्यक्त गरे ।

'सात सालको आन्दोलनपछि सत्र सालमा फर्कियो । त्यसलाई सिस्टमाइज्ड गर्न सकेनौं । ०४६ सालमा परिवर्तन भयो त्यत्रो, त्यसलाई पनि हामीले गुमायौं,' उनले भने, '०६२/६३ -जनआन्दोलन) मा नेपाली जनताले त्यत्रो ठूलो परिवर्तन गरे । सारा काम शान्तिपूर्ण ढंगले गर्‍यो भनेर अमेरिकाजस्तो मुलुकले नेपाललाई स्यालुट गर्‍यो । तर नेपालका पार्टीहरू परिवर्तन गर्छन् तर व्यवस्थापन गर्न सक्दैनन् । त्यसैले हामीले अवसरलाई मिस नगरौं ।'

कार्यक्रममा स्वास्थ्यमन्त्री राजेन्द्र महतोले दलका नेताहरूबीच प्रधानमन्त्री बन्ने होड रहेकाले अबको एक साताभित्र पनि सहमति हुनेमा आफू विश्वस्त नरहेको बताए । 'प्रधानमन्त्रीको कुर्सी एउटा छ, दलका नेताहरू धेरै छन्, सबैलाई प्रधानमन्त्रीको कुर्सी चाहिएको छ,' उनले भने, 'यस्तो अवस्थामा कसरी सहमति हुन्छ ? मलाई धुकचुक लागिरहेको छ ।'

शंकास्पद मान्छेसित हिसिलाको विशेष संवन्ध




हिसिला म्यामले मलाई फ्रेण्ड रिक्वेष्ट पठाएकी रहिछन् । म सोचमग्न भएँ । निकै वेरसम्म दिमाग खराव भयो । धुमील हुन लागिसकेका अतितका पानाहरु एकपछि अर्को तँछाड मछाड गर्दै आँखा अगाडि सल्वलाउन थाले । ०६२ / ०६३ को आन्दोलन अगाडि अर्थात “ढाडमा टेकेर टाउकोमा हान्ने रणनीति अन्तर्गत” भन्दै कसैलाई एक तह झार्दै त कसैलाई एक तह उकाल्दै थिए । कसैलाई भने विशेष अवस्था भन्दै उही तहमा विराजमान गराउँदै पुष्पकमलले वर्षमान पुनलाई उपत्यका र ताम्सालिङ्गलाई विशेष कमाण्ड भनेर यहाँको प्रमुख वनाएर पठाउदा म चार आर्कमा विभाजित उपत्यकाको उत्तरी आर्कको इन्चार्ज थिएँ । कार्यालयको पनि जिम्मा थियो । अनन्तको प्रवेश पश्चात उपत्यकाको कार्यालय सचिवको मात्र जिम्मेवारी दिइयो । “प्रत्याक्रमणको चरण, उपत्यकामा अन्तिम लडाइँ लड्ने तयारी , ढाडमा टेकेर टाउकोमा हान्ने के के हो के के भनियो ।

अधिकांश कार्यकारी पदमा रणनैतिक सोचका साथ आफ्ना हनुमानहरुलाई सेटिङ्ग गरिएको रहेछ । अवको अवस्थामा कार्यालयको कामको महत्व भनेर फुलबुटा भर्ने काम भयो । मैले पत्याएँ । त्यसपछि मैले आफ्नो क्षमताले भ्याए अनुसार निर्देशन मुताविक काम गरें । ०६२ / ०६३ को आन्दोलन पछि मलाई तिनवटा जिम्मेवारी दिइएको थियो । १. राज्यद्धारा वेपत्ता परिवार समाजको कोर्डिनेशन गर्ने । २. उपत्यकामा भएका अल्पसंख्यक जातीय मोर्चाको संगठन र संयोजन गर्ने । ३. उपत्यका व्यूरोको कार्यालय सचिवको जिम्मेवारी ।

सातदोवाटो नजिकैको एउटा पार्टी प्यालेसमा भएको वेपत्ता परिवार समाजको प्रथम राष्ट्रिय भेलामा वर्षमान पुनले थर्काएको अहिल्यै जस्तो लाग्छ । “हामी आईसक्यौं । सुरु गछौं ।“ तर प्रतिवेदन म तयार गर्दै थिएँ । भेला ११.०० वजे पुष्पकमल दहालले उद्घाटन गर्ने भनिएको थियो । अघिल्लो दिन मात्र वर्षमानले मलाई भिमसेन गोला नजिक रहेको उनको कोठामा वसेर अन्तरवस्तु यो यो रहने गरी प्रतिवेदन तयार गर्न भनेका थिए । प्रतिवेदनको तयारीका साथै अन्य काममा लाग्नु परेकाले म उनीहरु भन्दा अगाडि पुग्न सकेको थिइन ।

यसरी केही समय वितेपछि हिसिलालाई भ्यालीको सहइन्चार्ज वनाएर ल्याइयो । म हिसिलासँगै बस्ने कुरो भयो । वनस्थली चोक नजिकै उनको फुपूको छोरीको घरमा तिन कोठा भाडामा लिएर हामी चार जना स्थायी रुपमा बस्न थाल्यौ । म, हिसिला, नारायणदेवी (हिसिलाको सहयोगी ) र उनको मोटरसाइकल चलाउने ड्राईभर (मिलन) । त्यतिखेर पुष्पकमल र वावुरामहरु एकै खालका लुगा लगाएर होटल होटल चाहारेर बस्ने गर्थे ।

पार्टीमा सबै कुरा ठिक छ । सबै नेताहरु जनताप्रति इमान्दार छन् । हिजोका गुटफुटको स्थिति अन्त्य भइसक्यो । अन्तिम मोर्चा लड्न सबै नेताहरु काठमाण्डौंमा जमघट भएको भन्ने नेताहरुको आन्तरिक स्कुलिङ्गप्रति म पूर्ण विश्वस्त थिएँ । तर सबै कुरा खुल्ला । संगठन खुल्ला । नेताहरु खुल्ला । अन्तिम लडाइँको तयारीको काम सून्य । जनमुक्ति सेना थनक्याउने प्रक्रिया तीव्र । के हो जस्तो भने अवस्यै लाग्थ्यो । यत्रो क्रान्तिको प्रक्रियालाई यहाँ सम्म ल्याउने लिडरशीपको यो समूहले धोका दिनै सक्दैन भन्ने विश्वासले अन्य आशंकाहरुलाई नियन्त्रण गर्थ्यो ।

हिसिलासँगका सहकार्यका सुरुका दिनहरुदेखि नै मैले असहज महसुस गर्नथालें । खास गरी खासखास मान्छेसँगको उनको विशेष सम्वन्ध मेरालागि असहज भयो । पार्टीमा गुट छैन भन्ने मेरो विश्वास र हिसिलाको क्रियाकलापमा वेमेल थियो । उनको विशेष मान्छेको फोन आउँदा उनी खान लागेको खाना छोडेर आफ्नो कोठाभित्र लुसुक्क पस्थिन । ढोका थुनेर फोन गर्थिन् । त्यहाँ आउने, वस्ने, खाने मान्छेको उपस्थिति हेर्दा लाग्थो “त्यो उपत्यकाको पार्टीको पुरै अधिकार प्रत्यायोजन गरिएको माओवादीको कार्यालय नभएर हिसिलाको गुट कार्यालय हो ।” म कार्यालय सचिव । आवश्यक काम सबै गर्थें । उनको सुरक्षाको नैतिक भौतिक जिम्मेवारी पनि मेरो काधमा थियो । भोलि केहि भइहालेको अवस्थामा त म नै सबभन्दा पहिला कठघरामा उभिनुपर्ने हुन्थ्यो । सायद विशेष मान्छेसँगको भेटघाटको चाप त्यहाँ निकै वढेको महसुस भएपछि उनी भेटघाटलाई आफन्तकोमा सार्थिन् ।

अक्सर त्यस प्रकारको भेटघाट बनस्थली चोक नजिकै रहेको उनकी दिदी न्हूच्छे शोभाको घरमा हुने गर्थ्यो । एक दिन म वाहिरबाट कोठामा पस्दै थिएँ । उनलाई ढोकैमा भेटें । उनी केही हड्वडाए जस्ती भइन । मैले “कहाँ जान लाग्नु भयो दिदी ? मपनि जान्छु” भनेर पछि लाग्न खोज्दा उनले “यहाँ नजिकै । पर्दैन” भन्दै वाटो क्रस गरिन । मलाई चिन्ता लाग्यो “केहि भइहाल्यो भने त ?” म उभिएर उनी गएको वाटोतिर हेरिरहेँ । उनका पाइलाहरु उनकी दिदीको घरतिर सोझिए । म अलि ढुक्क भएँ । लगत्तै मेरा आँखा देवेन्द्र पौडेल ‘सुनिल’ माथि पर्यो जो हिसिला लागेको वाटोतिर आफ्ना पाइला डोर्याउँदै थिएँ । मलाई दिनप्रतिदिन असहज महसुस वढ्दै गइरहेको थियो ।

उनकी सहयोगी नारायणदेवी श्रेष्ठ जो हाल नेवाः राज्य समिति सदस्य हुनुहुन्छ, पक्का सहयोगीको रुपमा काम गर्नुहुन्थ्यो । नुहाइदिने, पानी तताएर वाथरुममा पुर्याउनेदेखि हिसिलाको भित्रि कपडा सम्म धुनुहुन्थ्यो । हिसिला कहिल्यै आफ्ना कुनै कपडा धुदैनथिन् । नेता र कार्यकर्ताको भन्दा मालिक्नी र नोकर्नीको जस्तो सम्वन्ध देखा पर्यो । मलाई असैह्य भयो । समानताको संग्राममा लड्दै भिड्दै आएको एक सदस्यको हैसियतले मैले नारायणदेवीलाई बोलाएर “यसरी भित्री कपडा नधोउ” भनें । उनले हिसिलालाई भनिदिइछन् । त्यपछि हिसिलाले मसँग स्पष्टिकरण लिइन । मैले सामान्य अवस्थामा हरेक कम्यूष्ठि पार्टीका सदस्यको आचरण यस्तो हुनुपर्छ भनेर आफूले जाने सिकेको कुरा राखें । उनी आगो भइन । त्यपछि सुरु भयो मलाई अनावस्यक दुःख दिने प्रक्रिया ।

एक दिन मलाई ज्वरो आएको थियो । म बास स्थानमा नजाने सोचले सुकेधारामा बसेको थिएँ । हिसिलाले फोन गरिन । मैले आफ्नो अवस्था र बसेको स्थान बताएँ । उनले आफ्ना लागि डायरी किन ल्याईदिन भनिन । मैले आफुलाई ज्वरो आएकोले मिलन (उनको ड्राइभर) लाई एउटा राम्रो खालको डायरी किनेर ल्याइदिन भन्छु भनें । उनले “तपाइँलेनै ल्याइदिनु पर्छ । भोलि ६.०० वजे जसरी पनि यहाँ ल्याइपुर्याइ दिनु । म अरु कुरा जान्दिन ” भनिन् । म लगभग ६ महिना जति हिसिलाको कार्यालय सचिव भएर वसें । विविध अनुभूति गरेँ । त्यतिखेर पचाउन मलाई निक्कै गारो भए पनि यो मेरा लागि महत्वपूर्ण नकारात्मक नीधि हो । यो भविस्यको लागि निकै कामयावी हुनेछ ।

अँ, म फेसवुकको कुरा गर्दै थिएँ । मलाई तिमीले फ्रेड रिक्वेष्ट पठाएकी छौ, हिसिला । यो विचमा सबैले छर्लङ्ग देख्ने गरी तिम्रो र मेरो वर्ग सामान्य रुपमा होइन आमूल परिवर्तन भएको छ । तिम्रा स्वदेश र विदेशवाट झिकाइएका, ल्याइएका, उपहारका नाममा घुस स्वरुप पाइएका गहना र वस्त्र नै एकै ठाउँमा थुपार्ने हो भने वालुवाटारको चारवटा कोठामा नअट्ने भइसक्यो होला । तर म एउटा न्यानो स्वीटर किन्न सकेको छैन । कहिले काँही १५ रुपैयाँ साथमा नभएर दुइ घण्टाको बाटो हिँड्छु । तिमी र तिम्रा आसेपासेका चिल्ला गाडीको धुँवा धुलोले मलाई रङ्ग्याउने गर्छन् । तिमी ५ करोड भन्दा माथिको घर खोज्न कालो पुलतिर पुगेकि रहिछौं । तिमीले तिम्रो र तिम्रा आफन्तका लागि के के गर्यौ जगत विज्ञ छ । यहाँ उल्लेख गरे मात्र पुग्छ । विस्तार गर्न आवस्यक छैन् ।

हिसिला म्याम, कम्यूनिष्ठको नामको कलंक हौ तिमी । यत्रा मान्छेलाई मुक्तिको सपना देखाएर मर्न लगायौ । वेपत्ताका आफन्तजनले मान्छे वेपत्ता कार्यमा प्रत्यक्ष संलग्नलाई कार्वाहीको माग गर्दै तिम्रो दैलो अगाडि आउँदा पुलिस लगाएर लाठी र बुट बर्सायौ । सडक दुर्घटनामा मरेकाको परिवारलाई दिइने जति राहत पनि युद्धमा सहिद भएकाका परिवारले पाएका छैनन् ।

अहिले आएर सर्वहारा वर्गीय अधिनायकत्व, गुणात्मक परिवर्तन, वल प्रयोगको अपरिहार्य सिद्दान्त सुदुर विषय बने । यही संसदीय आहालमा डुव्नु रहेछ त किन यत्रा अमुल्य जीवनसँग खेलवाड गर्‍यौ ? केही नयाँ दलाल जन्माउनलाई ? अतः हिसिला म तिमिलाई तीव्र घृणा गर्छु । तिम्रो र मेरो रुप, रंग, आकार, प्रकार, अधार केही मिल्दै मिल्दैन । यदि यो संसारमा कसैले कसैलाई गर्ने घृणा मापन गर्ने यन्त्र हुन्थ्यो भने मैले तिमीलाई गर्ने घृणाले सगरमाथालाई माथ गर्छ भनेर पुष्टि गर्न सक्ने थिए । तर ….. । त्यसैले तिमीलाई साथीको रुपमा स्वीकार्न सक्तिन हिसिला, सक्तिन ।

(जयन्ति लुइँटेलको फेसबुकबाट लिईएको हो ।)

प्रचण्डकै अगाडि कामरेडहरु घुँक्क घुँक्क




एकिक्रित नेकपा माओवादीको बेल्जियमस्थित भात्री संगठन जनप्रगतिशिल मञ्चको अधिबेशनका क्रममा माओवादी कामरेडहरु अध्यक्ष प्रचण्डलाई साक्षी राखेर घुँक्क घुँक रोए । एकछिन रुवाबासीनै चल्यो । प्रचण्डस्वयं मलिन अनुहार लगाएर टोलाइराखे ।

मञ्चले अक्टोबर १४ का दिन अधिबेशन राखेको थियो । अधिबेशनमा को को नेत्रित्वमा आउने ? कसरि पार्टी सञ्चालन गर्ने ? कार्यकर्ता कसरि परिचालन गर्ने ? युरोपमा नेकपा माओवादीको सञ्जाल कसरि निर्माण गर्ने ? यस्तै आन्तरिक छलफलकालागि चित्र सुबेदीको घरमा आन्तरिक बैठक थियो ।

अधिबेशनकालागि बिभिन्न मुलुकबाट आएका कामरेडहरु प्रचण्डलाई साक्षी राखेर घुरुप्प बसे । देशको समसामयिक विषयमा छलफल चल्यो । धेरै कामरेडहरुले पार्टी फुटको कारण सोधे । पार्टीमा नेता सोखिन भएको, मधेशी दललाई साथमा लिएर सरकार चलाउँदा पार्टीको बदनाम भएको, पार्टीका त्यागि कार्यकर्ताहरुको बिजोक भएको । यस्ता गुनासा राखे । सबैभन्दा बढि गुनासो उठ्यो, नेपाली सेनाका राजु बस्नेत जो माओवादी नेताको हत्यामा संल्ग्न र यातना दिने हुन्, उनैलाई किन पदोन्नती गरियो ? यसपछि कामरेडहरुको रुवाबसी चल्यो ।

यस विषयलाई सबैभन्दा बढि सोध्ने थिए, डेनमार्क निवासी उदय गौतम । उनले ‘कामरेड के यस्तो गर्नु भो ? हाम्रा कामरेडहरुकै हत्या गर्नेलाई किन पदोन्नती गर्नु भो ? पहिले त हाम्रो सरकार आएपछि कारवाही गर्छ पार्टीले पो भन्नुहुन्थ्यो । अहिले हाम्रै सरकारले जनताका हत्यारालाई पदोन्नती गर्ने ? जनताको रगतको उपहास भो कामरेड ।’ यति भन्दाभन्दै उनी घुँक्क घुँक्क रोए । उनी शहिद परिवारका सदस्य हुन् । गौतमका सहोदर भाइ क्रिष्ण गौतम जनयुद्दका क्रममा सेनाको कारबाहीमा वागलुङमा मारिएका थिए । क्रिष्ण माओवादीको जन आदलतका न्यायधिश थिए । उनी रोएपछि केहि बेर हल स्तब्ध बनेको बैठकमा सहभागि जनप्रगतिशिल मञ्चका एक कार्यकर्ताले सुनाए । आन्तरिक बैठकमा सबैभन्दा बढि यहि विषयमा प्रश्न उठाएका थिए ।

त्यसपछि प्रचण्ड आफैंले गौतमलाई सम्झाए । प्रचण्डले यो जिज्ञासाको जवाफ दिन थाले । प्रचण्डको भनाई थियो, हामीले नेपाली सेनालाई जनयुद्दमा यातना दिएको र हत्यामा संलग्न भनेर कारवाही गर्‍यौं भने सेना बिच्किन्छ । सेनाले हामीलाई साथ दिँदैन । हामीले त्यो रिसिबी साँध्यौं भने हामीलाईपनि युद्दकालका अनेकैं घटना उरालेर हत्याराको रुपमा दर्ता गराउँछन् । हाम्रा थुप्रै मुद्दा अहिलेसम्म ज्युँका त्युँ छन् । हामीले सेनामाथि कारबाही गरे हामीलाईपनि अन्तर्राष्ट्रिय अदालतमा हत्याराका रुपमा उभ्याउँछन् । म, बाबुरामजी लगायत थुप्रै कामरेडहरु हेगमा उपस्थित हुनुपर्ने हुनसक्छ ।”

प्रचण्डलाई तत्कालै जवाफ दिन त सकेनन् उनका कार्यकर्ताले । तर आन्तरिक बैठकमा सहभागि एक कार्यकर्ताले भने ‘ए जनताका छोराछोरीलाई युद्दमा होम्ने । अर्काका छोराछोरीको चाहिँ हत्या गराउने । आफुहरु चाहिँ अदालतमा उभिनुपर्ला भनेर त्यत्रो पिर रैछ प्रचण्ड र बाबुरामलाई । जहाँपनि नेताले जनताका छोराछोरीलाई प्रयोग मात्रै पो गर्ने रैछन् ।”

अहिले नेपाली कांग्रेस र एमालेले जसरिपनि माओवादीलाई सरकारबाट हटाउने, आफ्नो सरकार बनाउने, संविधानपनि नबनाउने र निर्वाचनपनि नगर्ने योजना बनाएकाले अहिलेको अवस्थामा पार्टीले कुनैपनि हालतमा सरकार नछोड्ने प्रचण्डले बताएका थिए । उनले नेपाली सेनालाइ बिच्काएर, रिसिबी साँधेर भन्दा सरकारमै बसेर प्रयोग गर्नुपर्ने तर्क राखेका थिए । चितवनको माओवादी सैन्य क्याम्पबाट प्रचण्डको भिडियो टेप सार्वजनिक भएको द्रिष्टान्त दिँदै त्यस साँझ कसैलाईपनि फोटो खिच्न र रेकर्ड गर्न दिईएको थिएन । गेटमा कडाईका साथ जाँच गरेर भित्र छिराइएको थियो । पार्टी कार्यकर्ताहरुलाई पार्टीका आन्तरिक छलफलहरु बाहिर सार्वजनिक नगर्न आग्रह निर्देशनसमेत दिईएको थियो ।