मेरो प्रधानमन्त्रीको घोषणापत्र"



देशमा प्रधानमन्त्रीको खाचो परेमा, मेरो उम्मेदवारी छ, सके सम्म राम्रो गर्छु, राम्रो गर्न नसके नराम्रो चाही गर्ने छैन यो मेरो बाचा भो !!!

धेरैले गर्छु भनी चुनाबमा बाचा खाए हाम्रो बिडम्बना कसैले गरेनन
जलश्रोतको दोश्रो धनि देश नेपालीको गाग्रोमा पानी कसैले भरेनन

प्राकृतिक सम्पदाको रक्षा गर्दै उचित उपयोग गर्नु पर्छ हामीले
भ्रस्टाचारमुक्त समाज बनाई देश बिकाश गर्न सकिन्छ दामीले

धुस खादीन कसम नेपालको किनकी मलाई लानु केही छैन मरेर
दुई शक्तिशाली देशको बिचमा छौ देखाउनै पर्छ केही गरेर

कसैलाई पाखा कसैलाई काखा गर्ने छैन पंचशिलको सिधान्त प्रयोग गर्छु
देश र जनताको भाबना लाई सर्बोपरी ठानी तन मन र कर्मले सेवा गर्छु

संबिधान छोटो मिठो बनाउने छु अमेरिकाको झै दश धाराको
संबिधान नै नहुदा पनि संसार चलाएकै थिए बेलायतले साराको

हुन्छ हुन्छ हुन्न हुन्न हुनुपर्छ संबिधानमा सीधा सीधा जवाफ
अप्ठ्यरोमा हलो अड्कायर बेईमानले देखाउन पाउने छैनन रवाफ

इमान्दारलाई पुरस्कार बेइमानहरुलाई सजाय गरेरै छाड़ने छु
बिस्वास गर्नुस मलाई कुरूति र अंधबिस्वासलाई जरैदेखि फाड़ने छु

पढेर मात्र होइन देखेर भोगेर सुनेर पनि धेरै गर्न सकिन्छ देशको बिकाश
धन्दा नामान्नुस म संग डिग्री पनि छ शांति र सम्बिधानको दिनेछु निकाश

देश टुक्राउन दिने छैन पहिला मलाई टुक्राउनु पर्छ त्यसले
एकता नै बल हो सम्पूर्ण नेपाली बाचौ एक भै नेपाली जोशले

कोस्टा रिकामा सात नेपाली हिरासतमा


पनामासित सीमा जोडिएको कोस्टा रिकाको भूमिबाट अधिकारीहरुले सात जना नेपालीलाई नियन्त्रणमा लिएका छन्। स्पेनी वेबसाइट लाइन्फरमेसियनका अनुसार सात नेपाली चढेको गाडीलाई प्रहरीले रोकेर गत आइतबार हिरासतमा लिएको हो। गाडी चलाउने कोस्टा रिकाका नागरिकलाई पनि पक्राउ गरिएको छ।

कोस्टा रिकामा गिरफ्तार भएका नेपालीहरु पनि मानव तस्करीका लागि लगिएको हुनसक्ने त्यहाँको सुरक्षा मन्त्रालयले विज्ञप्तिमार्फत् जनाएको छ। मन्त्रालयले नेपालीहरुलाई दक्षिणी कोस्टा रिकाको एउटा प्रहरी चौकीमा राखेको उल्लेख गरेको छ। अध्यागमन सम्बन्धी ऐन अनुसारका कागजात नमिलेसम्म उनीहरुलाई त्यहीँ राखिने मन्त्रालयले जनाएको छ।

गाडी चालक कोस्टा रिकाका नागरिकलाई मानव तस्करको अभियोग लगाउने बारे अनुसन्धान भइरहेको छ। अभियोग प्रमाणित भए आठ वर्षसम्मको जेल सजाय हुनसक्छ।  हिरासतमा परेका नेपालीहरुको परिचय खुल्न सकेको छैन।

मन्त्रालयका अनुसार दक्षिण अमेरिकी देशबाट आएका ती नेपालीहरु कोस्टा रिकाको राजधानी सान जोसे जाँदै थिए।

यसरी ओसारिन्छ मान्छे पनामाबाट कोस्टा रिकामा। फोटो सौजन्यः कोस्टारिकान्युज



कोस्टा रिका वैदेशिक रोजगारका लागि गन्तव्य नभए पनि मानव तस्करहरुले अवैध रुपमा अमेरिका पुर्‍याउन प्रयोग गर्ने रुटमा कोस्टा रिका पनि पर्छ। काठमाडौँदेखि कतार हुँदै ब्राजिलबाट बोलिभियासम्म विमानबाट लगे पनि बोलिभियादेखि मेक्सिकोसम्मको यात्रामा पर्ने आठ देशका लागि सडक मार्ग प्रयोग गरिन्छ।

बोलिभियाबाट पेरु, इक्वेडर, कोलम्बिया हुँदै पनामा र त्यहाँबाट कोस्टारिका पुग्ने गरिन्छ। कोस्टारिकाबाट पनि निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदैमात्र अमेरिका पुर्‍याइन्छ। दलालले अमेरिका लान लागेका हजारभन्दा बढी नेपाली  बोलिभिया, ब्राजिल, चिली र इक्वेडर जस्ता देशहरुमा अलपत्र परेको खुलासा आजकोनागरिक दैनिकले गरेको छ।

६ सचिवलाई प्रधानमन्त्रीको चेतावनी


Baburam-Bhattaraiकाठमाडौ, श्रावण २७ - प्रधानमन्त्री बाबुराम भट्टराईले मुख्यसचिव बढुवामा असन्तुष्ट ६ बहालवाला वरिष्ठ सचिवलाई शुक्रबार दिउँसो कार्यकक्षमा बोलाएर मुख्यसचिव लीलामणि पौडेललाई असहयोग नगर्न चेतावनी दिएका छन् । प्रधानमन्त्रीले उनीहरूको असहयोग जारी रहे सह्य नहुने भन्दै कारबाही गर्ने चेतावनीसमेत दिएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले जनाए ।

सचिवमा पदोन्नति हुँदा नवौं वरीयतामा रहेका पौडेललाई मुख्यसचिवमा बढुवा गरिएपछि पाँच वरिष्ठ सचिवले राजीनामा दिइसकेका छन् । पदमा बहालै रहेका ६ वरिष्ठ सचिवले पनि गम्भीर असन्तुष्टि प्रकट गर्दै मुख्यसचिवले बोलाएको बैठक बहिष्कार गरेपछि गम्भीर भएका प्रधानमन्त्रीले उनीहरूलाई बोलाएर निजामती प्रशासनको अनुशासन र मर्यादामा बस्न चेतावनी दिएका हुन् ।

प्रधानमन्त्रीले असन्तुष्ट सचिवहरू भगवतीकुमार काफ्ले, ताना गौतम, वामनप्रसाद न्यौपाने, बालानन्द पौडेल, वृन्दा हाडालाई बोलाएर असन्तुष्टि प्रकट गरेका हुन् । मुख्यसचिवले बोलाएको बैठक बहिष्कार गरेका सचिव उमाकान्त झा भने बिदामा रहेकाले प्रधानमन्त्रीको बोलावटमा अनुपस्थित थिए ।

प्रधानमन्त्रीले उनीहरूलाई निजामती सेवा ऐनअनुसार कार्यकुशलताका आधारमा बढुवा भएका मुख्यसचिव पौडेलको नेतृत्व स्वीकार्न र उनका प्रशासनिक सुधारका कार्यक्रममा सघाउन आग्रह गर्दै सहयोग नगरेमा नराम्रो हुने चेतावनी दिएको स्रोतले जनायो ।

प्रधानमन्त्रीले बहालवाला सचिवहरूले समेत मुख्यसचिव बढुवालाई लिएर असन्तुष्टि सञ्चार माध्यममा प्रकट गरेकामा आपत्ति प्रकट गर्दै त्यस्ता अनुशासनहीन कार्य नगर्न चेतावनी दिए ।

प्रधानमन्त्रीले मुख्यसचिव पौडेलले मंगलबार बोलाएको पहिलो बैठक काफ्ले, गौतम, न्यौपाने, पौडेल, झा र हाडाले बहिष्कार गरेकामा आपत्ति प्रकट गरेका थिए । 'तपाईंहरूले मुख्यसचिवले बोलाएको बैठक किन बहिष्कार गर्नुभयो ? सचिवहरूले नै अनुशासनहीन भई मुख्यसचिवले बोलाएको बैठक बहिष्कार गर्दा नराम्रो सन्देश गएको छ । तपाईंहरूका यस्ता क्रियाकलाप जारी रह्यो भने सरकारलाई सह्य हुन्न,' प्रधानमन्त्रीले सचिवहरूलाई दिएको चेतावनी उद्धृत गर्दै छलफलमा सहभागी एक अधिकारीले भने । यी ६ सचिवले प्रधानमन्त्री कार्यालयमा आयोजित तत्कालीन मुख्यसचिव माधव घिमिरको बिदाइ कार्यक्रमसमेत बहिष्कार गरेका थिए ।

  प्रधानमन्त्रीले असन्तुष्ट सचिवहरूलाई पटक-पटक त्यस प्रकारका गल्ती नदोहोर्‍याउन र प्रशासनिक सुधार, सेवा प्रवाह र विकास निर्माण कार्यलाई प्रभावकारी बनाउने कार्यमा मुख्यसचिवसहित सरकारलाई पूर्ण सहयोग गर्न आग्रह गरेका थिए । असन्तुष्टि व्यक्त गर्दै पत्रकार सम्मेलनमार्फत राजीनामा दिएका लोकसेवा आयोगका तत्कालीन सचिव श्याम मैनालीलाई सरकारले कारबाहीको तयारी गरेको छ । मन्त्रिपरिषद्ले मैनालीलाई कारबाही गर्न उनको राजीनामा अस्वीकृत गरिएको जानकारी प्रधानमन्त्री कार्यालयका एक अधिकारीले दिए । उनको दरबन्दी सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सारिएको छ । प्रधानमन्त्री भट्टराईले पत्रकार सम्मेलन गरी मैनालीले निजामती प्रशासनको अनुशासन र मर्यादा उल्लंघन गरेकामा निजामती सेवा ऐन तथा नियमावलीअनुसार के कारबाही गर्न सकिन्छ भनेर सरसल्लाह गरिरहेको जानकारी स्रोतले दियो । सरकारका कतिपय उच्च अधिकारीले मैनालीलाई कारबाही गर्नुपर्छ भनेर प्रधानमन्त्रीलाई दबाब दिइरहेको पनि स्रोतले जनायो ।

मुख्यसचिव बढुवामा वरिष्ठता मिचिएकामा असन्तुष्टि प्रकट गर्दै अरू चार सचिव शंकर कोइराला, अवनीन्द्र श्रेष्ठ, सुशीलजंग राणा र त्रिलोचन उप्रेतीले दिएको राजीनामा भने सरकारले स्वीकृत गरिसकेको छ । उनीहरूले आफ्नो राजीनामापत्र सार्वजनिक गरे पनि मैनालीले जस्तो पत्रकार सम्मेलन गरेका थिएनन् ।

'मेरो राजीनामा स्वीकृत भयो कि भएन भन्नेबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मलाई हालसम्म कुनै जानकारी दिएको छैन,' मैनालीले भने । मैनालीले अवकाश पाउन १० दिन बाँकी छ । उनले भदौ ३ मा ५८ वर्ष उमेर पूरा गरी अनिवार्य अवकाश पाउँदै छन्