पात्रअनुसारको बाजा हात परेको देखेर सहभागी मुसुमुसु हाँसिरहेका थिए। सुशीलले हत्केलामाथि राखेर रेट्दै गरेको सारंगी विरहका गीत गाउँदा निकै सुहाउने बाजा हो भने मादल जो कोहीले यसो ट्राई गरौँ न त भनेर बजाउने बाजा। खैँजडीको पाण्डित्यपूर्ण महत्व छँदै छ। सुशील पार्टीलाई हाँक्न नसकेर अहिले विरह गाइरहेका छन्। उनी लोकतन्त्र, प्रजातन्त्र, मेलमिलाप भन्छन् तर काम चाहिँ त्यो अनुरूप गर्न सकिरहेका छैनन्। वरिष्ठ नेता शेरबहादुर देउवा जतिखेर पनि ट्राई गर्ने मुडमा हुन्छन्। उनी अहिले संविधानसभा पुनर्स्थापना हुनुपर्छ भनिरहेका छन्। तर, कसैले निर्वाचनमा जानुपर्छ भन्यो भने त्यसमा पनि हो भन्छन्। नेताले कुनै पनि इस्यूमा स्पष्ट अडान लिन नसक्दा त्यसबाट परिणाम निस्कन सक्दैन भन्ने कुरा बुझेर पनि उनी बुझ पचाइरहेका छन्। पण्डित रामचन्द्र पौडेलको त के कुरा भयो र? उनी खैँजडीको तालमा जति फन्का पनि नाच्न सक्छन्
वा, क्या मिलेको कम्बिनेसन!
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment